मुहानपोखरी स्वास्थ्य शिविर : १३ महिलामा आङ खस्ने समस्या, ४ मा पोठेघर क्यान्सरको आशंका

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ २९ गते १६:५६

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसँगको सहकार्यमा बुढानिलकण्ठ, मुहानपोखरीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझी र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहालले शिविरमा सहभागी महिलाको स्वास्थ्य जाँच गरेका थिए।

डा. रायमाझीले सहभागी महिलामा स्तन क्यान्सर रोगबाट बच्न के र कस्ता विषयमा ध्यान दिने भन्नेबारे जनचेतना अभिवृद्धिका लागि जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए।

एक सय महिलामा थर्मोकोगुलेसन प्रविधीबाट स्वास्थ्य परीक्षण गरिएकोमा १३ जनामा आङ खस्ने समस्या, १२ जनामा विभिन्न खाले संक्रमण, ४ जनामा प्रारम्भिक चरणको क्यान्सरको आशंका तथा एकजनामा स्तन क्यान्सरको आशंका गरिएको छ।

स्तन क्यान्सरको लक्षण भए नभएको आफैले पत्ता लगाउने तरिका सिकाएकी डा. रायमाझीले ४० वर्ष माथीका महिलालाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सल्लाह दिएकी थिइन्।

नेपाल मेडिसिटी, नेपाल अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेशन, बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा तथा गृहिणी महिला संघ नेपाल, श्री पञ्चेश्वर महिला समाज र शिवपुरी नव जागृत क्लबको संयोजकत्वमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय