नेपालमा घट्दै कोरोना संक्रमितको संख्या, सक्रिय संक्रमित ०.६ प्रतिशत

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ। जसमध्ये १ हजार ७ सय १८ जना सक्रिय संक्रमित छन्।

जुन ० दशमलव ६ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको अनुसार हाल सम्म नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ।

हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७ हजार ६ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५२ पुगेको छ।

हाल ८७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ।

देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

६४ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय