फागुन २ बाट कसले-कसले पाउँनेछन् कोरोना खोप
सरकारले फागुन २ गतेबाट तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलगायतले खोप लगाउने पाउने छन्।
यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्वुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाउने पाउने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोप लगाउन जाँदा परिचय पत्र साथमा अनिवार्य बोक्नुपर्ने छ।