दोस्रो चरणको खोप फागुन २ देखि सुरू, स्वयंसेविका र प्रतिनिधिलाई प्राथमिकता

सरकारले पहिलो प्राथमिकताको दोस्रो चरणको खोप अभियान आगामी २ फागुनबाट सुरु गर्ने भएको छ।

दोस्रो चरणमा अभियान मुलकभर नै सञ्चालन हुनेछ।

जसमा सेवा प्रदायक सरकारी कार्यलयका कर्मचारी, पत्रकार, पहिला छुटेका स्वास्थ्यस्वय सेविका र गाउँपालिका कर्मचारी र प्रतिनिधिलाई दिने योजना रहेको डा. झलक गौतमले बताए।

पहिलो चरणको खोप अभियानमा भारत सरकारले ‘उपहार’ दिएको १० लाख डोजमा स्वास्थ्यकर्मीलाई करिब २ लाख लगाइएको छ ।

‘हामीले करिब २ लाखको हाराहारीमा खोप लगाएका छौ,’ डा. गौतमले भने, ‘ अब तीन लाख डोज हामीसँग बेचेको छ।’

सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुभारम्भ गरेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मीलाई खोप लगाइएको थियो।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखेको भएपनि १ लाख ८७ हजारले मात्र खोप लगाएपछि बाँकि खोप पत्रकार, राजदूतावासका कर्मचारी र युनएन एजेन्सीमा कार्यरत स्वदेशी तथा विदेशी र तिनका परिवारलाई लगाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय