यस्ता कारणले कोरोना खोप लगाउने संख्या कम भएको छ : डा. गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकता अनुसार खोप कार्यक्रम सफल भएको दाबी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो सरकारले गरेको प्राथमिकताको निर्धारण अनुसार पहिलो चरणमा ८२ प्रतिशतले खोप लिएको दावी गरे।

डा. गौतमले स्वास्थ्यकर्मीहरू संक्रमित भएका कारण खोप लगाउन नपाएको बताए।

विश्व स्वास्थ्य संगठनको अनुसार संक्रमित व्यक्तिले संक्रमणमुक्त भएको ४ देखि ८ हप्तापछि खोप लगाउन हुने जनाएको छ।

‘कतिपय स्वास्थ्यकर्मीहरूले संक्रमण भएका कारणले खोप लिन पाउनु भएको छैन,’ डा. गौतमले भने, ‘उहाँहरू संक्रमणमुक्त भएपछि खोप लिनु हुनेछ।’

त्यसैगरी, कतिपय व्यक्तिहरू गर्भवती भएको कारण र बच्चालाई ६ महिनासम्म स्तनपान गर्नुपर्ने भएकाकाले पनि खोप नलाएको मन्त्रालयले जनाएको छ।

सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुभारम्भ गरेको थियो। पहिलो चरणमा कोभिड १९ को उपचार नियन्त्रणमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, कारागारका कर्मचारी, कैदीलगायतलाई खोप लगाइएको थियो।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखेको भएपनि १ लाख ८७ हजारले मात्र खोप लगाएपछि  बाँकि खोप पत्रकार, राजदूतावासका कर्मचारी र युनएन एजेन्सीमा कार्यरत स्वदेशी तथा विदेशी र तिनका परिवारलाई लगाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय