अबदेखि सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको निशुल्क उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि कोरोना संक्रमितकोे निशुल्क उपचार सरकारी अस्पतालमा मात्र हुने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस) ले आजदेखि सरकारी अस्पताललाई मात्र कोरोना संक्रमितको निशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए।

‘कोभिड–१९ लागि तोकिएका मेडिकल कलेजहरुमा आजसम्म भर्ना भई उपचाररत संक्रमितहरुको आजका मितिले १० सम्मको मात्र सोधभर्ना उपलब्ध गराइने छ,’ डा. गौतमले भने।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेपछि सरकारीका साथै निजी मेडिकल कलेजलाई पनि कोभिड अस्पताल तोकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय