बालबालिकाको दाँतलाई किरा लाग्नबाट कसरी जोगाउने ?

दाँतले खानेकुरा मात्रै चपाउने काम गर्दैन। यसले मानिसको सुन्दरता दिने काम पनि गर्छ।

अहिलेका बालबालिकामा चकलेट भनेपछि खुरूकै हुन्छन्। आफ्नै आमाबुबाले माया गरेर नानीबाबुलाई चलकेट दिइरहेका हुन्छन्।

तर, निरन्तर चलकेट तथा गुलियो पदार्थको सेवनले बालबालिकाको दाँत बिग्रिन्छ।

जसका कारण बालबालिकाको सुन्दरता बिग्रिन सक्छ।

दाँतलाई उचित हिसाबले सफा नगर्दा दाँतमा किरा लाग्छ। नेपालका अधिकाश बालबालिकाको दाँत किराले खाने गरेको छ।

दाँत सड्दा त्यसको सतहमा हुने प्वाल क्याभिटी हो। बोलिचालिको भाषामा यसलाई दाँतमा किरा लाग्नु वा दाँत किराले खानुसमेत भनिन्छ ।

खानेकुरा दाँतमा अड्किएका कारण त्यही सडेर ‘ब्याक्टेरिया’ उत्पन्न हुन्छ।

ब्याक्टेरियाकै कारण एसिड निस्कने गर्छ। जसका कारण दाँत गल्छ। साधारण भाषामा भन्नुपर्दा जसलाई हामी किरा लागेको भन्छौ।

दुधे बालबालिको ६–७ महिनापछि दाँत आउन थाल्छ। त्यसबेला दुधे बालबालिकाले आमाको दुध, गाईभैसीको दुध खाने गर्दछ।

अधिकाशं हाम्रो समाजमा दुधे बालबालिकालाई दुध खुवाउनको लागि चिनी तथा गुलियो पदार्थको प्रयोग गरिन्छ।

त्यहीबाट बालबालिकामा दाँत किराले खान सुरू गर्छ।

धेरै जसो अभिभावकले राती दुध तथा लिटो खुवाएर उत्तिकै छोड्ने गर्छन।

जसले गर्दा बालबालिकाको दाँतमा किरा लाग्ने सम्भावना बढी हुन्छ।

दुधे बालबालिकालाई दुध, लिटो ख्वाइसकेपछि दुई—चार चम्चा पानी ख्वाउनुपर्छ।

यसो गर्दा दुधमा भएको ल्याक्टिस एसिड र खाद्य दाँतको इनमोलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ्य रहन्छ।

त्यसैगरी, स्कुल जाने बच्चाहरूको हकमा भने गुलियो वस्तु धेरै खाने र खानेकुरा खाएपछि मुख कुल्ला नगर्ने प्रवृति हुन्छ। मुख कुल्ला, ब्रस नगर्दा दाँत किराले खाने हुन्छ।

धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ। प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा लाग्छ।

दाँतमा किरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तनले गर्दा हो।

कस्तो समस्या देखिन्छ?

दाँत किराले खाएपछि बच्चालाई दुख्ने हुन्छ।

कहिँलेकाही दुख्ने सँगै फैलियो भने हाम्रो मुख साइड हडीमा दाँत अट्किएको हुन्छ। त्यस हडीमा पनि इन्फेक्शन फैलने हुन्छ। त्यसैगरी, गिजामा फैलिएर बालबालिकालाई अस्पतालमा भर्ना चिरफार नै गर्नुपर्ने अवस्था सम्म आउन सक्छ।

दाँतलाई यसरी जोगाउनु होस
– दुधे बालबालिकालाई दुध खुवाएपछि सफा कपडाले पुछिदिने वा मनतातो पानी खुवाउने
–  ६–७ बर्षका बालबालिकाको हकमा खानेकुरा खाइसकेपछि राम्रो मुख कुल्ला गर्ने ।
– अभिवाकलले आफ्ना नानीबाबुलाई बिहान बेलुका खाना खाइसकेपछि अनिवार्य रूपमा दाँत ब्रस गर्ने लगाउने
–  सकेसम्म नरम खालको ब्रसको प्रयोग गर्ने, त्यसका साथै ६ महिनामा एक पटक दाँतको चेकअप गराउने
– सकेसम्म गुलियो खानेकुराको सेवन कम गर्ने
–  पहिलो पटक दाँत आएपश्तात तुरुन्तै दाँत रोग विशेषज्ञलाई देखाउनुपर्छ
– दाँतमा केही मात्रामा पहेँलो, कालो देखिएमा उपचारको लागि सम्पर्क गर्ने ।

डा. गुरुङ विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका दन्त रोग विशेषज्ञ हुन्न।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय