चीनबाट कोरोनाभाइरस फैलिएको भेटिएन : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनका विज्ञ समूहले कोरोनाभाइरस चीनको प्रयोगशालाबाट बाहिर नफैलिएको जानकारी दिएका छन् ।

पहिलोपटक कोरोनाभाइरस देखिएको चीनको उहान पुगेका संगठनका विज्ञहरुले मंगलवार पत्रकारसम्मेलन गरी सो जानकारी दिएका हुन।

संगठनका खाद्य सुरक्षा तथा जनावर रोग सम्बन्धी विज्ञ पिटर बेन इम्बार्कले उहानमा कोरोनाभाइरसको स्रोत बारे कुनै नयाँ तथ्य पत्ता नलागेको जानकारी दिए । उनले भने,‘जनावरबाट  भाइरस मान्छेमा स¥यो भन्ने जानकारी हामीले पत्ता लगाउन सकेनौं ।’

गत सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम तिर हुबेई प्रान्तको राजधानी उहानमा कोरोना भाइरसको विरामी देखा परेका थियो ।
चीनले सुरुदेखि नै भाइरस उहानबाट शुरु भएको हो भन्ने विदेशी सञ्चारमाध्यमको भनाईलाई खण्डन गर्दै आएको थियो ।

उहानको अनुसन्धान टोलीमा विश्व स्वास्थ्य संगठनका विज्ञ र चिनियाँ स्वास्थ्य अध्येताहरु पनि सहभागी भएका थिए ।

‘संगठनका विज्ञहरुले प्रारम्भिक अध्ययन आधारमा भाइरसको पहिलो स्रोतका बारेमा खोजी अभियान जारी राख्ने बताएका छन् ।
उहानस्थित सामुन्द्रिक माछा बजारमा बेच्न राखिएका माछा र मासुबाट भाइरस फैलिएको हुनसक्ने तथ्यबारे कुनै पुष्टि नभएको संगठनका विज्ञहरुले बताएका छन् ।

चीन सरकारको सहयोगमा गत महिना विश्व स्वास्थ्य संगठनको टोली अध्ययनका लागि चीनको उहान पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय