वीर अस्पतालमा भएको अनियमितताको छानबिन गर्न अख्तियारमा उजुरी

वीर अस्पताल र ट्रमा सेन्टर मा ब्यापक भष्ट्राचार भन्दै अस्पतालका कर्मचारीले अक्तियार उजुरी दर्ता गराएका छन्।

अस्पतालले प्रशासनले कर्मचारी नियुक्ती प्रक्रिया कमिसनको भरमा गर्दै भन्दै अक्तियारमा उजुरी हालेको कर्मचारीले जनाएका छन्।

उक्त उजुरीमा पत्रमा जुनियर डाक्टर भएर राष्ट्रिय ट्रमा सेन्टर को निमित्त निर्देशक बनेका डा. सन्तोष पौडेल ,डा. गौरव ढकाल, डा .नवीन पोखरेल, अहेव विण्णु फुयाल,अजुन भेटवाल,आइसियु र ओटी प्रमुख को मिलेमतो मा अनियमित कर्मचारी भर्ना ,ठेक्का पट्टा ,अस्पताल भित्रै ब्यापार गरिरहेको उल्लेख गरिएको छ।

‘२० जना भन्दा बढी स्टाफ नर्स १० जना फार्मेसी मा कर्मचारी गैरकानूनी तरिकाले नियुक्ति गरेका छन्,’ उजुरीमा भनिएको छ, ‘ उक्त मानिससँग २–३ लाख असुलेको पाइएको छ।’

त्यसैगरी, २० करोड मा किनिएको इन्टाअट सिटी सन्चालन नगरी थन्काएर राखिएको भन्ने उजुरीमा आरोप लगाएका छन्।

उक्त उजुरी प्रधानमन्त्री कार्यालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय