अर्थ तथा स्वास्थ्यमन्त्रीले गरे दुवाकोटमा बन्न लागेको वीर अस्पतालको अवलोकन ( फोटो फिचर)

चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माण स्थलको अर्थमन्त्री, स्वास्थ्यमन्त्रीको टोलीले अवलोकन गरेको छ।

मंगलबार बिहान दुवाकोटमा अर्थमन्त्री पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, विभिन्न मन्त्रालयका सचिवहरु,सडक, विद्युत, खानेपानी संस्थान लगायतका प्रतिनिधि समेतको उपस्थित रहेको थियो ।

स्थलगत अवकोलन तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आयोजनामा बजेट अभाव नहुँने दाबी गरे।

‘यो बजेटको अभाव नहुँने आयोजना मध्ये एक आयोजना हो,’ मन्त्री पौडेलले भने, ‘बजेट बाह्य तथा आन्तरिक स्रोत जताबाट भएपनि जुटाउन सकिन्छ।’

विगत २०७३ सालदेखि सुरु भएको उक्त परियोजनाले गति नलिएको भन्दै उनले जतिसक्दो चाँडो काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

सो अवसरमा अर्थमन्त्री पौडेलले विद्युत प्राद्यिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिएका छन्।

कति समय लाग्छ तपाईँलाई काम गर्न ? अर्थमन्त्रीको प्रश्नमा प्राधिकरणका कार्यकारी प्रमुख शाक्यले भने,‘हामी यो आर्थिक वर्षभित्र काम सक्छौ मन्त्रीज्यू ।’

त्यस्तै, सडक विभागका प्रतिनिधिलाई समेत अर्थमन्त्री पौडेलले मनोहरा करिडोर हुँदै दुवाकोट आउने सडक र सल्लाघारी हुँदै वीर अस्पतालको भवन निर्माण स्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ करिब ५ सय ७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भए पनि डीपीआर समेत तयार हुन्न सकिरहेको छैन।

कम्तीमा पनि एक हजार ५ सयको बेडको आधुनिक अस्पताल बनाउने सरकारको लक्ष्य रहेको छ। विस्तारित परियोजनाको लागि हरेक बर्ष बजेट विनियोजन गरे पनि खर्च गर्न नसक्दा रकम फ्रिज भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय