खोप वितरण मितव्ययी भएन भन्नु गतल : प्रवक्ता डा. जागेश्वर गौतम

हेल्थपोस्ट नेपाल

सरकारले दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु गरेसँगै असन्तुष्टिका स्वर सुनिन थालेका छन्।

सरकारले प्राथमिकताको आधारमा खोप नदिएको तथा विज्ञ समूहले दिएको सुझाव नमानेकोभन्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले आपत्ति जनाए।

उनी मात्र होइन उनी जस्तै थुप्रै सर्वसाधारण सरकार कोरोना खोप वितरणमा गम्भीर नबनेको आरोप लगाइरहेका छन्।

डा. केदारभत्त माथेमा वृद्धवृद्धा त्यसमा पनि मधुमेह भएका मिर्गौला पीडितलगायत दीर्घ रोगीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिनुपर्ने बताउँछन्। उनले खोपको दायराभन्दा बाहिर रहेका अस्पताल बोर्डका पदाधिकारीले पनि खोप लगाइरहेको आरोप लगाए।

तर, स्वास्थ्य मन्त्रालय आफ्नो कमजोरि स्वीकार गर्दैन। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दीलगायतलाई खोप दिइएको बताउँछन्।

दोस्रो चरणमा एकै पटक सबै वृद्धवृद्धालाई खोप दिन नपुग्ने भएकाले पत्रकार र कुटनीतिग नियोगका कर्मचारीलाई खोप लगाइएको उनको भनाइ छ। चरणवद्ध रूपमा सबैले खोप पाउने उनी दावी गर्छन्।

‘मन्त्रालयमा विज्ञ छन्। बाहिरका मानिसले भनेकै जस्तो गर्न नसकिएको होला’, उनी भन्छन्, ‘हामीले काम गरिरहेका छौं। सरकारको विरोधका लागि विरोध हुनुहुँदैन। राम्रा कामको तारिफ पनि हुनुपर्छ।’ उनले सरकारको विरोध गर्नका लागि बसिरहेकाहरूबाट विरोध भएको बताए।

उनले अहिले खोपको मौजुदाबारे नबुझेकाले पनि बाहिर विरोध भएको हुनसक्ने र त्यो स्वभाविकै भएको बताए। उनी बाहिर विरोध गर्नुभन्दा मन्त्रालयलाई रचनात्मक सुझाव दिए आफूहरूले सही सुझावलाई मनन् गर्ने बताए।

तर, माथेमा आफूहरूले कोरोना खोप आउनुभन्दा पहिले नै सरकारलाई कस्तो भ्याक्सिन ल्याउँछ र कसलाई दिन्छ भन्नेबारे जनतालाई खुलारूपमा जानकारी दिन आग्रह गरिसकेको बताउँछन्।

‘हामीले सोही अनुसारका रचनात्मक सुझाव दिएका थियौं,’ उनी छन्छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *