नेपाल मेडिसिटी अस्पतालमा प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ २६ गते १७:२४

नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक साइमन्स् इन्स्टिट्युटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

भैसेपाटीस्थित नेपाल मेडिसिटीमा सुरु भएको प्रशिक्षण कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्स्लगायत स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना श्रेष्ठले जानकारी दिए। एक व्यक्तिले मात्र नभई दक्षता प्राप्त गरेको समूहनै उपचार गर्दा बिरामीले उत्कृष्ट उपचार प्राप्त गर्नसक्ने भएकाले यस किसिमको आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए।

स्वास्थ्य क्षेत्रका फरक-फरक विज्ञले प्रदान गर्ने प्रशिक्षण कार्यक्रमले मुख्यतः आकस्मिक मुटु समस्या, दुर्घटना, स्वासप्रश्वास समस्यालगायत समस्याको प्राथमिक उपचार प्रक्रियामा ध्यान दिने जस्ता विषयलाई समेट्ने बताइएको छ।

तालीममा काठमाडौं, भरतपुर, झापा, तेह्रथुम, भोजपुर, मोरङ, लहान, सिरहा, नुवाकोट, जाजरकोट, डोटी, बाजुरा, स्याङ्जालगायत स्थानबाट सहभागीको उपस्थि रहेको अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एडुकेशन डा. निलमणी उपाध्यायले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय