उत्साहका साथ पत्रकारले लगाए कोरोना खोप (फोटो फिचर)

 

 

 

नेपालमा दोस्रो चरणको कोरोना खोप अभियान सुरू भएको छ।

सरकारले दोस्रो चरणमा पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई प्राथमिकतामा राखेको छ।

सोमबार बिहानदेखि काठमाडौं उपत्यकाको ४ अस्पतालबाट खोप कार्यक्रम सञ्चालन भएको छ।

नयाँ बानेश्वरस्थित निजामति अस्पतालबाट पत्रकारहरूले ‘कोभिसिल्ड’ खोप उत्साहसाथ लगाइरहेका छन्।

अन्य नियोगका कर्मचारीलाई भन्ने त्रिवि शिक्षण, गंगालाल र पाटन अस्पतालबाट खोप दिइएको छ।

फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीलाई प्राथमिकतामा राख्दै सरकारले खोप दिने निर्णय सही भएको नयाँ पत्रिकामा कार्यरत पत्रकार अर्जुन अधिकारी बताउँछन्।

लामो समयसम्म कोरोना त्रासमा बस्नु परेकोमा खोप लगाउन पाउँदा आफूहरू खुसी भएको उनी बताउँछन्।

‘सञ्चार क्षेत्रमा काम गर्ने धेरै सञ्चारकर्मी संक्रमित भए। सरकारले पत्रकारको स्वास्थ्य जोखिमको बुझेर उपत्यकामा खोप सञ्चालन गरिरहेको छ,’ अधिकारीले भने, ‘तर, अन्य प्रदेशका पत्रकार उत्तिकै जोखिममा छन्। उनीहरूका लागि पनि सरकारले चाडैँ खोप लगाउने व्यवस्था गर्नुपर्छ।’

पहिलो चरणमा स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेका र कुनै असर नदेखिएकाले सबै पत्रकारले ढुक्कसँग खोप अभियानमा सहभागी हुन अधिकारीले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय