क्यान्सरमाथि मेराे जितकाे सूत्र : तन, मन र धनकाे व्यवस्थापन

आजभन्दा पाँच वर्ष अगाडि ६०औं जन्मदिन मनाइरहँदा मलाई प्रोस्टेट क्यान्सर भएको थाहा भयो। मजस्तो शिक्षित मान्छेलाई पनि लास्ट स्टेजमा थाहा भयो।

म निजामती कर्मचारी। नेपाल सरकारको ३६ वर्ष काम गरेर रिटायर्ड भएको मान्छे। म नेपालमै उपचार गर्नुपर्छ भन्ने सिद्धान्त भएको मानिस हो। म आफूलाई स्वाभिमानी नेपालीको रूपमा प्रस्तुत गर्न चाहन्थे।

म पेसाले इन्जिनियर हुँ। म भ्रष्टाचारको निकै विरोधी व्यक्ति हुँ। कसैले कहिले पनि भ्रष्टाचार गर्नुहुन्न भन्ने मेरो एउटै मात्र मान्यता छ। मैले जीवनमा कहिले एक रूपैयाँ  भ्रष्टाचार गरिनँ।

म तालिम र शिक्षण क्षेत्रमा बढी लागे। त्यसैले होला आज म पुस्तक लेख्न सक्षम भएको छु।

मलाई क्यान्सर संक्रमण देखिँदा नेपालमा धेरै उपचार गर्ने प्रयास गरे। तर, कतै सम्भव भएन।

एउटा अस्पतालमा पुग्दा एकजना डाक्टरले तपाई‍ंले उपचार गरे पनि नगरे पनि ६ महिना मात्रै बाँच्नुहुन्छ भन्नुभयो।

श्रीमती मेरै अगाडि थिइन्। डाक्टरको त्यस्तो वाक्य सुन्दा उनी धुरुधुरु रुन थालिन्। मैले श्रीमतीको रोदनलाई सहन सकिनँ।

जीवनमा एक रूपैयाँ भ्रष्टाचार नगरेको मान्छे। स्वाभिमानका साथ जीवन बिताएको मान्छे। जागिर गरेको सैसा त घर चलाउन मात्रै ठिक्क हुन्छ। भएको जमिन बेचेर म उपचारका लागि भारतको राजीव-वाणि क्यान्सर अस्पतालमा गए।

त्यहाँ उपचारका लागि जाँदा त्यहाँका डाक्टरहरू पनि डराइसकेका थिए। तपाई धेरै क्रिटिकल अवस्थामा हुनुहुन्छ भन्नु भएको थियो। उहाँहरूले धेरै प्रयास गर्नुभयो। धेरै अप्रेसन गर्नुभयो। सिक्स साइकल किमो दिनुभयो। जसले गर्दा आज म यो अवस्थामा छु।

मैले उपचारको क्रममा क्यान्सर जित्नका लागि एउटा सुत्र बनाएँ। त्यो सुत्र भनेको तन, मन, धन र व्यवस्थापन हो। हाम्रो शरीरलाई माया गर्छौं हामी। यसलाई सम्मेमित गर्नसक्यो, मनलाई व्यवस्थित गर्नसक्यौ र धनलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा व्यवस्थापन गर्नक्यौ भने अवस्य नै क्यान्सरलाई जित्न सकिन्छ।

त्यसका साथै सहि समयमा सहि डाक्टरकोमा सहि टेक्नोलोजिबाट उपचार हुनसक्यो भने क्यान्सर रोगको राम्रो उपचार हुनेछ। म जस्तो मेटास्ट्याटिक स्टेज शरीरको ६/७ ठाउँमा फैलिसकेको मानिसले आज पाँचौ वर्ष हेर्न पाएको छु।

मलाई ६ महिनामा मर्छ भन्ने डाक्टरलाई मनमनै भनेको थिए- पख्नुस् डाक्टरसाप ६ वर्षपछि भेट्न आउँछु भनेको थिए। अब एक वर्ष बाँकी छ। अब ६ वर्ष पुग्दा फूलको गुच्छा लिएर भेट्न जाने छु।

म पेसाले सिभिल इन्जिनियर। मैले वातावरणमा पिएचडी गरेको छु। नेपाल इन्जिनियरिङ्ग कलेजमा प्राध्यापकको रूपमा काम गर्छु। अहिले पनि काम गरिरहेको छु। मजस्तो मानिसमा त यस्तो भयो अन्य क्यान्सर पीडित मानिसको मनमा कस्तो होला भन्ने हुट्हुटीले क्यान्सर केहो भन्ने बारेमा आफ्ना अनुभूति समेटेर पुस्तक तयार पारेको हुँ।

यो पुस्कतले क्यान्सरविरुद्धको जनचेतना जगाउने, क्यान्सर संक्रमितको आत्मबल बढाउनेदेखि क्यान्सर पीडित परिवारलाई सम्मेमित हुन यो पुस्तकले सहयोग गर्ने विश्वास लिएको छु।

दु:खको कुरा नेपालमा क्यान्सर अस्पताल छन्। पढेका मानिस छन्। उपकरण पनि छन्। विडम्बना भनेको हाम्रा नेपाली डाक्टरमा टिममा कामगर्ने बानी छैन। अर्को कुरा बिरामीलाई महत्व दिनुपर्यो। बिरामीले डाक्टरलाई मान्य नभइ डाक्टरले बिरामीलाई मान्ने परिपाटीको बिकास हुन जरुरी छ।

यस्तो गर्‌यौं  भने हामी जस्तोसुकै रोगको उपचार नेपालमै पाउन सक्छौं।

मेरो नानी पाँच वर्ष पुगेर छ वर्ष लाग्यो। मलाई क्यान्सर संक्रमण हुँदा उ एक वर्षको थियो। बोल्न सक्दैनथ्यो। मैले नातिको हजुरबा भन्ने शब्द सुनौला सोचेको थिएन। आज उसले मलाई फूलको गुच्छा थमाउँदै हजुरबा दीर्घ जीवनको कामना भन्यो। म धन्य भएको छु। यतिबेला मेरा हर्षले आँशु झरिरहेका छन्। नातिको हातबाट फूलको गुच्छा दिँदै गर्दा मेरो पाँच वर्ष आयु फेरि थपिएको महशुस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय