दुई अंकमा झर्‍यो नयाँ संक्रमितको संख्या, मृत्यु शून्य

कोरोना भाइरस (कोभिड—१९) को महामारीको जोखिम कम हुँदै गएको सकारात्मक संकेत मिलेको छ।

माघ ९ मा पहिलो र चैत १० मा दोस्रो संक्रमित भेटिएको नेपालमा जेठ १३ सम्म दैनिक थपिएका नयाँ संक्रमितको संख्या २ अंकमा सिमित थियो ।

तर जेठ १४ गते ३५८० नमुना परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

एकै दिन सबैभन्दा धेरै संक्रमित असोज २४ मा भेटिए । त्यो दिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि थियो।

गत २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९१ हजार १ सय ६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित २ लाख ७१ हजार ८ सय ६ पुगेको छ।

जसमध्ये १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।

हाल ९५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय