नेपाललाई चीनले ५ लाख डोज कोरोना खोप दिने

चीनले नेपाललाई कोरोना खोप दिने भएको छ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेश मामिलामन्त्री वाङ यीबीच टेलिफोन संवादमा चीनले खोप दिने घोषणा गरेको हो।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिएको छ।

मन्त्रालयका अनुसार चिनियाँ मन्त्री यीले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने प्रतिवद्धता गरेका छन्।

उनले खोप सहयोगका लागि पनि नेपाललाई पहिलो प्राथमिकता राखेको पनि बताए।

मन्त्री ज्ञवालीले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद पनि दिएका छन्।

यसअघि भारतले १० लाख डोज खोप उपहार दिएको थियो।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत नेपालले साढे २२ लाख डोज खोप पाउने घोषणा समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय