स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन

कोरोना संक्रमणपछि लामो उपचारबाट डिस्चार्ज भएका जनस्वास्थ्य निरीक्षक खगेन्द्र थापाको शुक्रबार निधन भएको छ।

२ महिनाअघि थापालाई कोरोना संक्रमण भएको थियो। घरमै आराम गरिहेको थापालाई एक्कासी समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए।

मिर्गौलाका बिरामी रहेका थापा कोरोना भने जितेका थिए। त्यसपछि पनि उनको अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो।

‘उहाँलाई रगत वान्ता भयो। वान्ता हुने क्रममा रगत श्वासनलीमा गएको थियो,’ उनका सहकर्मी तथा नेपाल स्वास्थ्यकर्मी संघका सुर्खेत शाखाका अध्यक्ष उदय थापाले भने, ‘रगत फोक्सोमा गएसँगै उहाँ कोमामा जानुभएको थियो।’

कोमामा गएसँगै थप उपचारले काम नगर्ने भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो।

थापा नेपाल स्वास्थ्यकर्मीको संघ सुर्खेत शाखाको संस्थापक अध्यक्ष समेत थिए।

उनले स्वास्थ्यको समस्या कारण सरकारी सेवाबाट दुई हप्ता अघि मात्रै अवकास लिएका थिए।

उनी लामो समयदेखि विरेन्द्रनगरको कट्कुवा स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए।

उनलाई करिब ७ वर्षदेखि मिर्गौलामा समस्या देखिएको थियो। उनी २०४२ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। थापाले विरेन्द्रनगरमा देउती अस्पताल सञ्चालन गरेका थिए।

थापाको निधनले स्वास्थ्य क्षेत्रका एक अनुभवी हस्ति गुमाएको भन्दै सहकर्मीले दुख व्यक्त गरेका छन्।

‘उहाँ एक कुशल नेतृत्वकर्ता, निडर, हुनका साथै ईमान्दार, बफादार,कर्तब्यनिष्ठ राष्ट्र सेवक हुनुहुन्थ्यो,’ सहकर्मी थापाले भने।

थापाका दुई श्रीमती, छोरा छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय