पहिलो चरणको खोप अभियान भोली पुरा हुने, हालसम्म कतिले पाए खोप?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शनिबार ( भोली) सकिने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन्।

मन्त्रालयको अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशका ५९ हजार ९ सय ४२ जनाले खोप लगाएका छन्। त्यसैगरी, लुम्बिनी प्रदेशमा २६ हजार ८ सय ९८, प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६ जनाले खोप लगाएका छन्।

त्यसैगरी, गण्डकी प्रदेशमा १७ हजार ३ सय १५, सुदुरपश्चिममा १२ हजार ८ सय ९ र कर्णालीमा ८ हजार ६ सय ८४ जनाले खोप लगाएका छन्।

मन्त्रालयले खोपको उपलब्धताको आधारमा पहिलो चरणमा ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाइने जनाएको छ।

बाँकी रहेका लक्षित समुहहरुले खोप लगाउने समयसिमाभित्र खोप लगाउन छुटेको भए सम्बन्धित कार्यालयको सिफरिस पत्र र स्वास्थ्यकर्मीको हकमा परिषद्को दर्ता प्रमाणपत्र सहित जिल्ला स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय