किन आयो प्रधानमन्त्रीको आँखाबाट आँसु ?

नारायणहिटी दरबार अगाडि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थिए। बोल्दाबोल्दै भाषणको अन्त्यतिर कार्यकर्ताहरूलाई शान्त रहन आग्रह गरिरहेका थिए।

त्यही बेला उनका आँखाबाट आँसु झरे। उनले चस्मा झिक्दै आँसु पुछेर भने-मलाई चिसोले आँसु आउँछ। अब शान्त रहनुस्।

 

किन र्झछ आँसु ?

आँखाबाट आँसु बग्नुलाई सामान्य प्रक्रिया मानिन्छ। तर, चिकित्सा विज्ञानका अनुसार आँखाबाट आँसु विभिन्न हर्मोन वा अन्य कारणले आउने गर्दछ। ग्रन्थीमा बढी मात्रामा उत्तेजित भएमा पनि आँसु बढी आउने गर्छ।

त्रिवि शिक्षण अस्पतालका अर्थोमेडिक्स सजिव मिश्रा आँसु विभिन्न कारणले आउने बताउँछन्।

‘ आँसु विभिन्न कारण बग्छ। रुदा, धेरै खुशी हुँदा, हाँस्दा, हाइ गर्दा, रुघाखोकी लाग्दा, उल्टी हुँदा र चहकिला उज्यालोमा पनि आँसु आउने गर्छु, उनले भने।

यसरी बग्ने आँशु आँखाका लागि आवश्यक मानिदैन। यस्तो आँसु ‘ल्याक्रिमल ग्रन्थ्री’ बाट उत्पादन हुने हुन्छ।

आँखाको ढकनीमा हुने ग्रन्थीले उत्पादन गर्ने आँसु भने आँखाका लागि आवश्यक हुन्छ। जसले आँखालाई सुक्खा हुनबाट बचाउँने गर्दछ।

कतिपयलाई प्रमुख कारणबाहेक पनि आँसु बगिरहने समस्या हुन्छ।

‘हाम्रो आँखामा सामान्य अवस्थामा पनि आँसु बनिरहेको हुन्छ। यस्तो आँसु आँखामा रहेको सानो प्वालबाट ‘ल्याक्रिमल डक्ट’बाट नाक हुँदै घाँटीमा जान्छ।

यदि कुनै कारण उक्त नली बन्द भएमा व्यक्तिमा आँसु झरिरहने समस्या देखापर्ने चिकित्सक बताउँछन्।

उक्त कारणबाहेक आँशु बग्नुका अन्य धेरै कारण हुन्छन्। ल्याक्रिमल डक्टको गडबढी भएमा, आँखाको प्वाल र नलीहरू राम्ररी विकसित नभएमा, धुलो र धुँवाका कारण, चिसोका कारण आँखाको एलर्जी तथा संक्रमण भएको खण्डमा पनि आसुँ बग्ने  मिश्राको भनाई छ।

चिकित्सकले आँसु झर्ने विभिन्न कारण देखाएपनि प्रधानमन्त्रीको आँसु के कारणले झर्यो पुष्टि गर्नको लागि जाँच गर्नुपर्ने हुन्छ।

उपचार

१० पटक दिनमा ४ पटकका दरले औंलाले कोषबाट नाकसम्म चोर औंलाले थिच्दै मालिस गर्नुपर्ने चिकित्सको सुझाव छ। यो प्रक्रिया अपनाउँदा ६ महिनासम्ममा सुधार हुन्छ ।

कुनै सर्जनले १ वर्षसम्म पनि मालिस गर्न सल्लाह दिँदै आएका छन्।

एन्टिवायोटिक्समा सल्फासेटामाइक वा क्क्लोरामफेनिकल प्रयोग गरिन्छ। ९०–९५ प्रतिशतसम्म यो प्रविधिबाट ठीक हुने गरेको विज्ञ बताउँछन्।

यसरी मालिस गरे विकास भएर पनि काम नगरेको ‘पङ्गटम एक्जेसिया’को नली खुलेर आँसु बग्न कम हुने चिकित्सक बताउँछन्।

नली नै बन्द भएको बिरामीको कतिपय अवस्थामा शल्यक्रिया नै गर्नुपर्न हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय