कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घन्टामा १ सय ५ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हाल सम्म नेपालमा २ लाख ७१ हजार ७ सय ७ संक्रमित पुगेका छन्।

आज देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८८ हजार ३ सय ७२ पुगेको छ।

गत २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार २३ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २ सय ७२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६४ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय