स्तनपान गराइरहेका महिलालाई पनि कोरोना खोप पहिलो चरणमा

६ महिनाभन्दा बढी समय स्तनपान गराइरहेका महिलालाई कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले सो निर्णय गरेको हो।

मन्त्रालयले एक्सक्लुसिभ बे्रस्ट फिडिङ गराइरहेका आमाहरुलाई उनीहरुले चाहेमा खोप दिन सकिने बताएको छ।

त्यसैगरि, मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय साीमाका प्रवेश बिन्दुमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, कारागारमामा बस्ने व्यक्ति र छुट भएका स्वास्थ्यकर्मीलाई ३ दिनभित्रमा खोप लगाउने निर्णय समेत गरेको छ।

खोप अभाव भएमा अन्तर जिल्ला र प्रदेश आपूर्ति केन्द्रबाट उपलब्ध गराउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय