चिसोमा सरसिउको तेल निकै लाभदायक

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ २३ गते ८:१२

हामी पौष्टिकता प्राप्त गर्दै स्वस्थ रहनका लागि खानामा थुप्रै कुराको प्रयोग गरिरहेका हुन्छौं। जसमा एक हो सरसिउको तेल।

तेल बिना खाना बनाउनु मुस्किल हुन्छ। तेल बिनाको खाना स्वादिलो पनि हुँदैन। खानामा प्रयोग गर्नुका अलावा सरसिउको तेललाई साना बच्चाबच्चीको मालिसमा पनि प्रयोग गरिन्छ।

सरसिउको तेलले मालिस गर्दा बच्चाहरूको शरीरको हड्डि बलियो हुन्छ। साथै उनीहरूको शरीरलाई न्यानो राख्न पनि सरसिउको तेलले मद्दत गर्छ।

यो बालबालिकामा मात्रै नभएर अन्य मानिसले पनि मालिसमा प्रयोग गर्नसक्छन्। सरसिको तेलले थुप्रै ब्याक्टेरिया तथा इन्फेक्सनबाट बचाउने काम गर्छ। हाम्रा अभिभावकहरूले घरमा जब आपको, गाजरको वा अन्य कुनै चिजको अचार बनाउँदा सरसोकै तेलको प्रयोग गर्छन्। यसको अर्थ भनेको यसले थुप्रै खतरनाक ब्याकटेरिलाई मार्छ भन्ने हो।

सरसिको तेलमा एन्टी माइक्रोबियल तत्व पाइन्छ। जसको सहयोगले हामी थुप्रै ब्याक्टेरियाबाट जोगिन सक्छौं। त्यसैले यसको सेवन गर्न सल्लाह दिइन्छ।

सरसिउको तेलले हाम्रो शरीरमा ब्लड सर्कुलेसनलाई पनि नियन्त्रणमा राख्छ। चिसो महिनामा मांसपेसी दुख्ने समस्यामा पनि यसको मालिसले राहत दिन्छ।

सरसिउको तेललाई मनतातो बनाएर शरीरमा मालिस गर्न सकिन्छ। हामीले शरीरको कुनै भागमा दुखाई हुँदा गरम गरेको तेलले दुखेको ठाउँमा हल्काहल्का रूपमा मालिस गर्नसक्छौं। यस्तो गर्दा स्वास्थ्यलाभ लिन सकिन्छ।

जसलाई पनि रुघा लाग्ने समस्या हुन्छ। यस्तो अवस्थामा हामी चिकित्सकको परामर्शमा औषधीको प्रयोग गरिरहेका हुन्छौं। त्यो एकदमै राम्रो हो। स्वास्थ्य समस्या देखिँदा चिकित्सकलाई भेट्नुपर्छ। तर, रुघा लाग्दा हामीले सरसोको तेलको सहयोग लिनसक्छौं।

यस तेलमा एन्टी इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्टस हुन्छ। जसले हालाई रुघा लागेर पाइरहेको सास्तिबाट छुटकारा दिनसक्छ। त्यसका लागि सरसिउको तेल शरीरमा मालिस गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय