रातमा कतिपटक ‘सेक्स’?

महिला र पुरुष दुवैको जीवनमा सहवासको निकै महत्व छ। धेरै मानिसको मनमा शारीरिक सम्बन्ध कुन समयमा र कतिपटकसम्म गर्ने भन्ने प्रश्न हुन्छ।

सेक्सलाई लिएर धेरै मिथक पनि बनाइएका छन्। यो विषयमा मानिस खुलेर कुरा  गर्दैनन्। जसले गर्दा मनमनै थुप्रै धारणा बन्छन्। धेरै मानिसले एक रातमा कतिपटक सेक्स गर्दा शरीरलाई असर गर्दैन भन्ने बारेमा पनि सोचिरहेका हुन्छन्।

धरै मानिस सेक्स गर्दा त्यसको असर स्वास्थ्यमा परिरहेको ठान्छन्। तर, यो कुरामा कुनै सत्यता छैन। सेक्स मानिसका लागि आवश्यक क्रिया मध्येको एक हो।

शारीरिक सम्बन्धलाई पनि एक प्रकारको एक्सरसाइज मानिन्छ। सेक्स गर्नु शारीरिक रूपमा मात्र नभइ मानसिक रूपमा पनि राम्रो हो।

एक रातमा कतिपटकसम्म शारीरिक सम्बन्ध राख्ने भन्ने विषय सम्बन्धित दम्पतिमा निर्भर हुनेगर्छ। जोकोहीको स्वास्थ्य एकै किसिमको हुँदैन। कुनै व्यक्तिको स्वास्थ्य तन्दुरुस्त हुन्छ त कुनै व्यक्तिको स्वास्थ्य त्यति तन्दुरुस्त हुँदैन।

कतिपय अवस्थामा पुरुष एकपटक शारीरिक सम्बन्ध राख्दा थाक्नेगर्छन्। यस्तो अवस्थामा उनीहरूले दोस्रो पटक शारीरिक सम्बन्ध राख्नु हुँदैन। किनकी उनीहरू निकै थाक्नसक्छन्। र, यस्तो अवस्थामा उनीहरूको स्वास्थ्यमा असर पर्नसक्छ।

केही महिला एकपटक शारीरिक सम्बन्ध राख्दा सन्तुष्ट हुन सक्दैनन्। र, उनीहरूले दुई/तीन पटक सेक्सको चाहना गर्छन्। त्यस्तो बेलामा कति पटक सेक्स गर्दा मेरो श्रीमतिलाई सन्तुष्ट पार्नसक्छु भन्ने चिन्ता हुनसक्छ।

यदि मनमा कौतोहलता भए चिकित्सकसँग परामर्श लिन सकिन्छ। किनकी डाक्टरले तपाईको स्वस्थ्यवस्था अनुसारको परामर्श दिनसक्छन्। कुनै मानिसमा स्वासप्रस्वास सम्बन्धि बिरामी भए चाडै थकान लाग्न सक्छ। त्यस्ता व्यक्तिले धेरै शारीरिक सम्बन्ध राख्नु हुँदैन। यस्ता मानिसले धेरै सेक्स गरे थुप्रै स्वास्थ्य समस्या झेल्नुपर्ने हुनसक्छ।

बिहे गरेको सुरुवाती महिनामा मानिसले एक रातमा धेरैपटक सेक्स गर्छन्। बिस्तारै त्यो क्रम घट्दै जान्छ।

तर, सेक्सका बारेमा जेजस्ता धारण भए पनि दुबैको सल्लाह र आवश्यकता अनुसार रातमा जति पटक पनि सेक्स गर्न सकिन्छ।

विशेषज्ञका अनुसार कुनै पनि मानिसको कामइच्छा उसको उमेर अनुसार हुन्छ। कुनै मानिस २० वर्ष र कुनै मानिस ५० वर्षको छ भने उनीहरूको सेक्स चाहना फरक हुन्छ। २० वर्ष उमेर भएको व्यक्ति ५० वर्षको मानिसकोभन्दा धेरै सेक्स गर्नसक्छ।

एक अध्ययनका अनुसार सुरुवा धेरै सेक्स गरिने भए पनि उमेर बढ्दै गएपछि हप्तामा दुईदेखि चारपटकसम्म सेक्स गर्ने गरेको अध्ययनले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय