देशभर १७१ संक्रमित थपिए, थप २२७ ले जिते कोरोना

हेल्थपोस्ट नेपाल

नेपालमा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कूल २ लाख ७१ हजार ६ सय २ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सोही समयमा २ सय २७ जना संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुने कूल संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ।

हाल थप दुई संक्रमितले ज्यान गुमाएका छन्। योसँगै ज्यान गुमाउने कूल संक्रमित संख्या २ हजार ३३ पुगेको छ।

हाल देशभर २ हजार २ सय ७७ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.