क्यान्सर भएको कसरी थाहा पाउने?

नेपालमा विश्व क्यान्सर दिवस ४ फ्रेबुअरीलाई मानेर मनाउन थालेको २० वर्ष पुगेको छ।

यसको नारा हरेक वर्ष विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको हुन्छ।

विगत तिन/चार वर्षदेखी क्यान्सर दिवसको एउटै नारा तय गरिएको छ।

यस वर्षको नारा पनि ‘म हुँ र म गर्छु’ छ।

शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर हो।

यसलाई नसर्नेमध्ये खतरनाक रोगका रूपमा लिइन्छ।

क्यान्सर मानिसको जुनसुकै अंगमा लाग्न सक्छ।

समयमै यसको निदान गरी उपचार नगरेमा एउटा अंगमा लागेको क्यान्सर फैलिएर अर्को अंगसम्म पुग्न सक्छ।

नेपालमा क्यान्सरको अवस्था पहिलाको भन्दा रोग बढेको छ। तर, दक्ष जनशक्ति आएको कारण रोग नियन्त्रण पनि भइरहेको छ।

पहिलाका दिनमा सानो उपचार लिन पनि भारतका भर पर्नुपर्ने हुन्थ्यो।

अहिले प्राय सबै क्यान्सरको उपचार नेपालमा सम्भव छ।

तर, जुन क्यान्सर रोग खानपानका कारण लाग्ने भएकाले नेपालमा क्यान्सर बिरामी बढ्दै गएका छन्।

क्यान्सर एउटा यस्तो रोग हो। जसले उमेर, लिङ्ग, जातपात केही भन्दैन।

जुन उमेरका तथा जोकोहीलाई पनि लाग्न सक्ने रोग हो।

कुनै क्यान्सर वशांणुगत नै हुने गर्छन्। हरेक क्यान्सर वशांणुगत हुने गर्दैन।

तर, केही क्यान्सरहरू ५ देखि १० प्रतिशतसम्म वशांणुगत हुने गर्छन। जस्तै महिलाको स्तन क्यान्सर हुन्छन्।

जिनमा विकृती आएका कारण क्यान्सर हुने हुन्छ।

क्यान्सर सुरूमा उपचार गरे निको हुनसक्छ। जुनसुकै क्यान्सर पहिलो स्टेजमा पत्ता लगाएको खण्डमा निको हुने धेरै सम्भावना छ।

दोस्रो स्टेजमा अलि कम र तेस्रो र चोथौ स्टेजमा रोग पत्ता लगाएम बचाउनलाई धेरै गाहोपर्छ।

पहिला-पहिला क्यान्सर लागेको मानिसलाई बचाउन सकिँदैन भनिथ्यो भने अहिले ३०-४० वर्षदेखि बाचेका मानिस धेरै छन्।

त्यसकारण, क्यान्सरलाई जित्न सकिन्छ।

कुनै पनि क्यान्सरको बिरामी निको भएपछि सामान्य जीवनशैली फर्किन सक्छ।

तर, क्यान्सरमा निको भएका बिरामीको फ्लोअप कहिले छुट्दैन।

किनभने कुनै कुनै बेला क्यान्सर बझिएर आउन सक्छ।

एउटा मानिसलाई एक क्यान्सर नभएर थुप्रै क्यान्सर पनि हुनसक्छ।

हामीसँग प्रशस्त क्यान्सर भएका बिरामी छन्। मैले एक बिरामीलाई सात वटा क्यान्सर उपचार गरिरहेको छु।

शरीरमा उहाँको फरक-फरक क्यान्सर फैलिएको छ। उहाँ अहिले समान्य हुनुहुन्छ।

कुनै क्यान्सर चाडैँ चाडै फलिने हुन्छ।

क्यान्सर हुनुको कारण

– मादक पदार्थको सेवन जस्तै, खैनी, सुर्ती, पान, मसाला, विडी, चुरोट, मदिरा इत्यादी ।
– महिलामा क्यान्सरको हुनुको कारण : नवजात शिशुलाई आमाको दूध नपिलाए, गर्भनिरोधक चक्कीको अत्याधिक प्रयोग।
– खानपानको कारणले जस्तै, चिल्लो तथा वोसोयुक्त खानेकुराको सेवन, अत्याधिक मात्रामा नुनको सेवन गर्दा।
– महिनावारी पश्चात्त काखी वा स्तनमा गाँठो देखिनु।

यस्तो लक्षण देखिएमा क्यान्सर हुनसक्छ

विभिन्न लक्षण देखिएमा क्यान्सर हुने हुन्छ। लामो समयसम्म खोकी लागिरहने र सजिलै निको नहुने भएमा क्यान्सरको सम्भावना हुन्छ।

त्यसैगरी, स्वर धोद्रो भएमा क्यान्सर हुनसक्छ। लामो समय औषधिको सेवन गर्दा पनि निको नहुने र स्वर झन् घोद्रो हुँदै गएमा क्यान्सर हुन सक्छ।

महिलामा लगातार स्तन दुख्ने समस्या भएमा, शरीरमा दुख्नेरनदुख्ने गिर्खा देखिएमा पनि क्यान्सरको सम्भावना बढेर जान्छ। काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा पनि क्यान्सरको पहिलो स्टेज हुनसक्छ।

असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा वा पिप बगेमा पनि क्यान्सर हुनसक्छ।

दिसा वा पिसाबको रङमा बदलाव आएमा पनि क्यान्सरको सम्भावना हुन्छ। कहिले पातलो, कहिले कस्सिएको दिसा हुनेजस्ता समस्या देखिएमा पनि क्यान्सर हुनसक्छ। पानीको कम प्रयोग गर्दा पनि छोटो–छोटो समयमा पिसाब लाग्ने भएमा पनि क्यान्सर हुनसक्छ भनेर सोच्नुपर्छ।

त्यसैगरी, विनाकारण शरीरको तौल घट्दा पनि क्यान्सर हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय