योनी सुख्खा हुन्छ?, अपनाउनुस् यस्ता उपाय

महिलाको योनीमा सुख्खापन आउनु सामान्य कुरा हो। शारीरिक सम्पकर्का दौरान यस्तो सम्या आइरह्यो भने समस्या हुनसक्छ। योनी सुख्खा भएको समयमा सेक्स गर्दा महिलालाई पीडा महशुस हुन्छ।

यस्तो अवस्थामा कुनै लोसन वा औषधीको प्रयोग गरेर यो समस्याबाट मुक्ति पाउन सकिन्छ। तर, तपाई औषधीको प्रयोग बिनै यो समस्याबाट मुक्ति चाहनुहुन्छ भने केही घरेलु उपाए अपनाउनुपर्ने हुन्छ।

पानीयुक्त फल खाने

यदि कुनै महिलामा यौनीमा सुख्खा हुने मस्या भए पानीयुक्त फलफूलको सेवन गर्नुपर्छ। धेरै मानीस आवश्यक मात्रामा पानी पिउँदैनन्। यस्ता मानिसले पानीको मात्रा बढी हुने फल खानुपर्छ। तरभुज, मेवा, अनार, अंगुर, काक्रो जस्ता फल खानु त्यस्ता महिलाका लागि निकै लाभदायक हुन्छ। ९० प्रतिशतसम्म पानीको मात्रा भएका फलफूलको सेवन गर्दा महिलाको योनीमा सुख्खापन आउने समस्या कम हुनसक्छ।

जैतुनको तेलको प्रयोग

जैतुनको तेलमा बोसोको मात्रा धेरै हुन्छ। योनीमा सुख्खापन आउने महिलाहरूका लागि यसको प्रयोग दाभदायक हुनसक्छ। जैतुनको तेल प्रयोग गर्दा योनीमा सुख्खापन हुन दिँदैन। शरीरलाई नै सुख्खापनबाट बचाउन चाहनुहुन्छ भने जैतुनको तेल लगाउनु राम्रो मानिन्छ। जैतुनको तेलमा प्राकृतिक लुब्रिकेन्ट हुन्छ। जसले मानव शरीरमा लुब्रिकेन्ट दिन सहयोग पुर्याउँछ।

एवोकाडोको सेवन

एवोकाडो मानिसको सुन्दरता र स्वस्थताका लागि निकै फाइदाजनक छ। एवोकाडोमा भिटामिन इ पाइन्छ। यसमा स्वस्थ बोसोको मात्रा पनि हुन्छ। जसले शरीरलाई लचिलो बनाइराख्छ। साथै यसले शरीरलाई सुख्खा हुनबाट जोगाउँछ। यो फलको सेवन गर्दा योनीमा हुने सुख्खापनबाट जोगिन सकिन्छ।

सुर्यमुखीको तेल र तिलको बिउ

सुर्यमुखीको तेल र तिलको बिउको सेवन पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसलाई हामीले सदालमा हालेर खानसक्छौं।

सुर्यमुखीको तेल र तिलको विउमा फ्याटि एसिड हुन्छ। जो योनी सुख्खा हुने समस्या भएका महिलाका लागि दाभदायक मानिन्छ। यो विउको सेवन गर्दा अनुहारमा कोमलता आउँछ। यीनमा वमेगा-३ पाइन्छ। जसले सुख्खापनको समस्याबाट छुटकारा दिन्छ। डाक्टरहरूले पनि यसलाई खान सुझाव दिइरहेका हुन्छन्। हामीले खानामा यस्को प्रयोग गर्नुपर्छ। जसबाट शरीर सुख्खा नहोस्।

पालुंगोको सेवन

पालुंगोको सेवन पनि स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यसमा भिटामिन इ भरपुर मात्रामा हुन्छ। स्वास्थ्यकर्मीले पनि योनीमा सुख्खापन हुने महिलाहरूलाई पालुंगोको साग खान सुझाव दिइरहेका हुन्छन्। त्यसैले योनीमा सुख्खापन भएका महिलाले पालुंगोको साग अनिवार्य रूपमा सेवन गर्नुपर्छ।

दहीको सेवन

दहीमा धेरै स्वास्थ्यवर्धक ब्याक्टिरया हुन्छन्। जुन शरीरका लागि निकै लाभदायक मानिन्छन्। दही खादा महिलाको यौनी भित्रको पिएच लेवल सामान्य रहन्छ। दही खाँदा महिलाको यौनीमा हुने थुप्रै समस्याबाट छुटकारा पाउन सकिन्छ। त्यसैले यसको सेवन अवश्य पनि गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय