नेपालमा १४२ संक्रमित थपिए, थप २०६ ले जिते कोरोना
नेपालमा पछिल्लो २४ घन्टामा १४२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा २ सय ६ जनाले कोरोना जितेका छन्।
आज थप एक संक्रमितको ज्यान गएको छ। हाल देशभर २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्।
हालसम्म देशभर कूल संक्रमित संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ। यस्तै हालसम्म कूल २ लाख ६७ हजार ६५ जनाले संक्रमण जितेका छन्।