नख्खुका कैदीबन्दीलाई लगाइयो कोरोना खोप

 

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन लगाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोरोना खोप दिइने बताए।

सरकारले तोकेको मापदण्डअनुसार जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पाँचबुथबाट दुई दिनसम्म खोप दिइने उनले बताए। यो खोप छदेखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७०० लाई लगाइने उनको भनाइ छ।

कारागारभित्र रहेका व्यक्तिले खोप लगाउन इच्छा जाहेर गरे मात्रै लगाइने डा. गोललले जानकारी दिए। प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गरे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिएका डा. प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय