सुर्तीजन्य पदार्थको प्रयोगमा निरुत्साहित गरौं : गगन थापा

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सुर्तीजन्य पदार्थमा सबैलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्।

विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित कार्यक्रममा थापाले सुर्तीजन्य पदार्थमा कर बढाउँदै लग्नुपर्ने बताए। उनले कर बढाउँदै लगे क्यान्सर निवारणमा महत्वपूर्ण योगदान पुग्ने तर्क गरे।

उनले क्यान्सर रोगको मुख्य कारण धुमपान तथा सुर्तीजन्य पदार्थ भएकाले यसको प्रयोगमा निरुत्साहित गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरे।

कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका अध्यक्ष इश्वर श्रेष्ठले किशोर तथा युवा अवस्थाबाट यसको लत सुरु हुने देखिएको बताउँदै स्कुल तहदेखिनै यसविरुद्धको सचेतना बढाउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय