कोरोना भाइरसको उत्पत्ति बारे अध्ययन गर्न डब्ल्यूएचओको टोली वुहानमा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक टोली कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान पुगेको छ। भाइरसको उत्पत्तिबारे अध्ययन गर्न टोली आज बिहान वुहान पुगेको हो।

टोली वुहानस्थित भाइरस अध्ययन केन्द्रमा पुगेको छ। त्यहाँ उसले भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषयमा अध्ययन गर्नेछ। संगठनको नेतृत्व भाइरस विज्ञ पेटर वेन इम्बार्कले गरेका छन्।

‘म एक उपलब्धीमूलक दिनको खोजीमा छु। म यहाँका प्रमुख व्यक्तित्वहरुसँग कुरा गर्नेछु, केही प्रश्न पनि सोध्नेछु जसले मेरो उद्देश्यलाई पूरा गरोस्।’, इम्बार्कले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय