ब्लड सुगर नियन्त्रणका लागि लसुनको चिया लाभदायक

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ २१ गते ८:०१

लसुनमा थुप्रै औषधीय गुण हुन्छ। यसलाई हामी खानामा बसालाको रूपमा प्रयोग गरिरहेका हुन्छौं। लसुन पाउडर, तेल, नुन आदीमा उपलब्ध हुन्छ।

लसुनले खानाको स्वाद बढाउने काम मात्रै गर्ने नभइ थुप्रै बिरामी निको गर्ने काम पनि गर्छ। मानिसले लसुन खान धेरै रूचाउदैनन्। तपाइलाई लसुन धेरै मनपर्दैन भने यसलाई चियामा प्रयोग गरेर पनि खानसकिन्छ। यसले मानीसलाई निरोगी राख्न धेरै सहयोग गर्छ।

लसुनको चिया बनाउनका लागि एउटा भाडोमा पानी उमाल्नुपर्छ। त्यसपछि त्यसमा अदुवा, कालो मर्चा र यससँगै लसुन कुटेर राख्नुपर्छ।

यसमा स्वाद अनुसार कागती र हल्दी पनि राख्न सकिन्छ। त्यसपछि चियालाई केही समय उम्लिन दिनुपर्छ। त्यसपछि चसुनको चिया तयार हुन्छ। यसलाई छानेर एक कपमा राखेर मजाले पीउन सकिन्छ।

यस्तो चीयाले ब्लड सुगरलाई कन्ट्रोल गर्छ। हाइ ब्लड सुगर हुने र हाइ ब्लड प्रेसर हुने मानिसलाई चिया नपिउन भनिन्छ। तर, त्यस्ता मानिसका लागि लसुनको चिया लाभदायक हुनसक्छ।

लसुनको चियामा जीवाणुविरुद्धको एन्टिभाइरल हुन्छ। यसमा अदुवा र हल्दी मिलाउँदा झनै दाभदायक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय