सेक्स गर्दाको यो फाइदा ४८ घन्टासम्मै रहन्छ

शारीरिक सम्बन्ध मानव जीवनका लागि आवश्यक कुरा हो।

यसले मानिसमा स्फुर्तिमात्र ल्याउने नभइ अन्य थुप्रै फाइदा पुगाउँछ।

शारीरिक सम्बन्ध राखेको धेरै लामो समयसम्म अनुहारमा चमकता छाउँछ।

यस्तो चमकलाई पोस्टकोसियल चमक पनि भनिन्छ।

सेक्स गर्दा स्नेहपूर्ण व्यवहार हसिलो अनुहारका कारण यस्तो हुने गर्छ। तपाइको अनुहारमा यो चमक ४८ घन्टासम्म रहन्छ।

यो सोध साइकोलोजिकल साइन्स जनरलमा प्रकाशित पनि भएको छ।

जसमा सेक्सपछि मानिसमा कतिलामो समयसम्म रमाइलो प्रदान गर्छ भन्ने बारे अध्ययन गरिएको थियो।

शोधकर्ताका अनुसार सेक्सका दौरान शरीरमा अक्सिटोसिन निस्किन्छ।

यो एक प्रकारको हार्मोन हो। जो शारिरीक सम्पर्कका दौरान पार्टनरका बीचमा मधुरता कायम गर्छ।

यसैलाई लिएर मनोवैज्ञानिकको टोलिले अध्ययन गरेको थियो। टोलिले पोस्टकोसियल र सन्तुष्टि बीचको सटिक लाभको बारेमा अध्ययन गरेको थियो।

यो अध्ययन नवविवाहित दुई समूहलाई सामेल गरिएको थियो। पहिलो समूहमा ९६ र दोस्रो समूहमा १ सय १८ जोडिलाई सामेल गरिएको थियो।

उनीहरूलाई १४ दिनको आफ्नो दैनिक यौन गतिविधि, सन्तुष्टिको स्तर र सम्बन्धबीचको सन्तुष्टिमाथी अध्ययन गरिएको थियो।

अध्ययनले १४ दिनमा औसतमा एक जोडिले चार पटकसम्म शारीरिक सम्पर्क राखेको पाइयो।

जुन गतिविधिबाट मानिसको चमकमा ४८ घन्टासम्म काम गरेको पाइएको थियो।

अध्ययनका अनुसार सहभागीको उमेर, लिंग, व्यक्तित्व लक्षण वा पटक(पटक सेक्स गर्दा पनि दुई दिनसम्म यौन सन्तुष्टि बढी पाइएको थियो।

जसबाट उनीहरूले दुई दिनसम्म आनन्द महशुस गरिरहेका थिए।

जुन मानिसको राम्रो यौन दैनिकी थियो उनीहरूमा ६ महिनापछि अध्ययन गर्दा पनि यही खुशी र चमक पाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय