कोरोना खोपले उत्साहित स्वास्थ्यकर्मी (फोटो फिचर)
शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताल टेकु पुग्दा शुक्रबार कोरोनाविरुद्धको भ्याक्सीन लगाउन उपस्थित स्वास्थ्यकर्मीको बाक्लो उपस्थिति रहेको थियो।
खोप लगाउन पाउँदा उनीहरू खुशी देखिन्थे। खोपले सबैमा आसा जगाएको उनीहरूको प्रतिक्रिया थियो।
सरकारको सक्रियताले स्वास्थ्यकर्मीले पहिलो चरणमा खोप लगाउन पाएको बताउँदै उनीहरू हर्षित देखिन्थे।