देशभर १ लाख १३ हजारभन्दा बढीले लगाए खोप

नेपालमा १ लाख १३ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियानको छैटौं दिन सोमबारसम्म देशभर १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगएका हुन्।
७७ जिल्लाका १९१ खोप केन्द्रबाट लक्षित वर्गले खोप लगाएका हुन्।
प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।