सिभिल अस्पतालमा निर्देशकको खोजी
सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक माग गरेको छ। एक सूचना जारी गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशक माग गरेको हो।
निजामती कर्मचारी अस्पताल विकास समिति आदेश २०६४ को दफा ६ बमोजिम अस्पतालको कार्यकारी निर्देशक माग गरिएको अस्पतालले जनाएको छ।
इच्छुक व्यक्तिले विज्ञापन आह्वान गरिएको १५ दिनभित्र दरखास्त आह्वान गर्न सकिने छ।