अब देशभर सक्रिय संक्रमित २४८९ जना
नेपालमा पछिल्लो २४ घन्टामा १ सय ५९ कोरोना संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमित संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ।
सोही अवधीमा २ हजार ६४ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना जित्नेको कूल संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ।
पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजसम्म कूल २ हजार २९ संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्।