मिडवाइफ तथा नर्सहरूको परीक्षा तालिका सार्वजनिक

हेल्थपोस्ट नेपाल

नेपाल नर्सिङ परिषदले मिडवाइफ तथा नर्सहरूको लाइसेन्स परीक्षा मिति सार्वजनिक गरेको छ।

परिषदले एक सूचजना जारी गर्दै नाम दर्ता प्रमाणपत्रका लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको हो।

परीक्षा फारम माघ २१ देखि फागुन २७ गतेसम्म अनलाइनमार्फत् भर्न सकिने छ। काउन्सिलले अनलाइन बाहेक अन्य कुनै पनि माध्यमबाट फारम बुझाउन नपाइने जनाएको छ।



Leave a Reply

Your email address will not be published.