तीन लाख डोज कोरोना खोप दिने चीनको प्रस्ताव, मन्त्रालय भन्छ- थाहा छैन

नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनबाट खोप प्राप्त हुने कुरा प्रक्रियामा हुन सक्ने जानकारी दिए। उनले भने,‘ चीनबाट खोप ल्याउने बारे मलाई केही जानकारी छैन।’

नेपालस्थित चिनियाँ राजदूतावासले चीनको खसिङ कम्पनीले निर्माण गरेको कोनोनाभ्याक्स भ्याक्सिन नेपाललाई सहयोग गर्ने बारेमा पराराष्ट्र मन्त्रालय मार्फत छलफल भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय