८८ हजार भन्दाबढीले लगाए कोरोनाविरुद्धको खोप

खोप अभियानको पाँचौ दिनसम्म देशभर ८८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८ हजार ७ जनाले खोप लगाएका हुन्।

७७ जिल्लाका १ सय ८५ खोप केन्द्रबाट कूल ८८ हजार ७ जनाले खोप लगाएका हुन्। शनिबार चौथो दिनसम्म ६४ हजार ४२२ व्यक्तिले खोप लगाएका थिए।

प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७ सय ५०, बागमती प्रदेश मा २८ हजार ६ सय ८३, गण्डकी प्रदेशमा १२ हजार ३ सय ११, लुम्बिनी प्रदेशमा १० हजार ७ सय ६०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय