मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेबल साह

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ १८ गते १८:५५

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. रामकेबल साह नियुक्त भएका छन्। यस्तै प्रतिष्ठानको रजिष्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह नियुक्त भएका छन्।

मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित कार्यक्रममाप्रदेश २ का मुख्यमन्त्री लालुबाबु राउतले नवनियुक्त पदाधिकारीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।

नियुक्ति पत्र हस्तान्त्रण गर्दै मुख्यमन्त्री राउतले यसैवर्षदेखि एकेडेमिक सेसन सञ्चालन हुने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय