किन कोही पुरुष बलात्कार गर्न उद्यत हुन्छन्?

तारा कौशलले आफ्नो रिसर्चमा थुप्रै बलात्कारीको अन्तर्वार्ता लिएकी छन्। उनले २०१७ मा बलात्कारीको अन्तर्वार्तामा आधारित अनुसन्धान सुरु गरेकी थिइन्।

त्यसपछि उनलाई डिप्रेसन भयो। जसले गर्दा उनको दिमागले काम गर्न छोडिदियो। धेरै दिनसम्म त उनी रुँदै बसिन्।

एक साँझ उनले नोएडाको आफ्नो फ्ल्याटको बेडरुममा आफूलाई बन्द गरिदिइन्। ‘मेरो पार्टनर साहिल ढोकानेर थिए। उनी मलाई कस्तो छ भनेर पटक-पटक सोधिरहेका थिए। म रोइरहेकी थिएँ। त्यही बेला मलाई थेरापीको आवश्यकता महशुस भयो’, उनी भन्छिन्।

रिसर्चभन्दा पहिले तारा यौन हिंसाको सामना गरिरहेकी थिइन्। १६ वर्षकी उमेरमा उनी यो मुद्दामा काम गरिरहेकी छन्। ४ वर्षकी हुँदा मालिले उनलाई बलात्कार गरेका थिए। उनले आफ्ना आमाबुवालाई पनि यो कुरा भनेकी थिइन्। उक्त घटनाकै कारण उनी यौन हिंसाका बारेमा बोल्न थालेकी हुन्। र, यौन हिंसाको बारेमा उनी किताव पनि लेखिरहेकी छन्।

ताराले उक्त घटनाबारे केही अझै याद रहेको बताइन्। ‘म उसको नाम जान्दछु। उ कस्तो लाग्थ्यो त्यो पनि जान्छु। मलाई उसका घुम्रिएका कपाल र मेरो नीलो ड्रेसमा लागेको रगतको याद छ’, उनले भनेकी छन्। उनले आफू ठूली हुँदै जाँदा यौन उत्पिडनको बारेमा सोच्न थालेको बताइन्। उनलाई लागि रहन्थ्यो आखिर यस्तो किन हुन्छ?

उनी आफ्नो किताब त्यही बलात्कार र आफूले थालेको यात्राको प्रतिफल भएको बताएउँछिन्। यस दौरान आफूले मानसिक समस्या पनि भोग्नुपरेको उनले बताइन्।

लुकेका बलात्कारीको पहिचान

डिसेम्बर २०१२ मा दिल्लीमा चलिरहेको बसमा फिजियोथेरापी गरेकी छात्रामाथि सामूहिक बलात्कार भयो। यो भारतमा भइरहेका बलात्कारका घटनाको डरलाग्दो नमुना फेरि दोहोरिएको थियो। घटनाको केही दिनमै महिलाको मृत्यु भयो। घटनाका दोषीलाई २०२० मा फाँसीको सजाय सुनाइयो।

राष्ट्रिय अपराध रेकर्ड ब्युरोको आँकडा अनुसार २०१८ मा भारतमा कूल ३३ हजार ९ सय ७७ बलात्कारका घटना भए। यसको अर्थ भारतमा प्रति १५ मिनेटमा एउटा बलात्कारको घटना हुन्छ। यी मुद्दामा काम गर्ने अधिकारीको भनाइलाई मान्य हो भने यी त अदालतसम्म पुगेका घटना मात्रै हुन्। वास्तविक घटना अझै बढी हुन सक्छन्।

तारा बलात्कार गरेर पनि दोषी नठहरिएकाहरूको बारेमा जान्न चाहन्छिन्। उनले यही दौरान नौजनालाई भेटिन्। जसमाथि बलात्कारको आरोप लागेको थियो। तर, कुनै उजुरी चर्दा गरिएन।

ताराले आफ्नो कितावमा लेखेकी छन्, ‘मैले त्यो घरको माहोल बुझ्न समय लगाए। उनको अन्तर्वार्ता लिए। उनलाई उनको परिवार र साथिलाई सम्झन भने। मैले यो काम गर्नका लागि अर्कै नामबाट इमेल आइडी र फेसबुक खोलेकी थिएँ।’ उनले यो काम गर्दा आफ्नो ट्याटु लुकाउनु परेको थियो। र, आफूले सधै कुर्ता तथा जिन्स नै लगाउनुपरेको उनी बताउँछिन्।

उनले आफ्नो साथमा एक अनुवादक पनि राखेकी थिइन्। उनको परिचय बडिगार्ड भनेर दिन्थिन्। उनी आफ्नो परिचय दिँदा अस्ट्रेलियामा बस्ने भारतीय मुलकी नागरिक भएको बताउँथिइन्। एक फिल्म रिसर्चको लागि आम मानिसको जीवन जान्न खोजिरहेको भन्थिन्।

‘म २ सय ५० प्रश्न सोध्थे। र, सबैका एकै जस्ता कुरामा ध्यान दिन्थेँ। तर, उनीहरूलाई पढ्ने कोसिस गरिरहेको कहिल्यै बताइनँ। यस्तो गर्दा उनीहरू बलात्कारी झै चिन्तित हुन्थे’, उनले भनिन्।

सहमतिको बुझाइमा अभाव

तारा आफ्नो मिसनका क्रममा जस्तोसुकै अप्रिय घटनाको सामना गर्न पनि तयार थिइन्। उनले आफ्नो गोजीमा खुर्सानी मिलाएको स्प्रे राखेकी थिइन्। यसका अलावा उनले स्थानीय निकायमा आपतकालीन सम्पर्कको व्यवस्था पनि मिलाएकी थिइन्। उनको सपोर्टमा ह्वाट्स एपमा एउटा ग्रुप पनि थियो। जसमा उनी आफ्नो लाइभ लोकेसन शेसर गर्थिन्।

उनले अन्तरंग प्रश्न सोध्दा तीनजनाले अश्लील व्यवहार गरेका थिए। उत्तर भारतको एक घरको छतमा चिसो मौसममा बसेर एकजनासँग कुरा गर्दाको घटना उनी यसरी सम्झिन्छिन्, ‘मैले जति मानिसलाई भेटेँ उनीहरूले आफै यौन अपराध स्वीकारेका थिए। यो मानिसले पनि आफ्नो गाउँका थुप्रै महिलालाई सहवासको शिकार पनि बनाएको रहेछ। उ जेलमा हुनुपर्थ्यो या समाजले निस्कासित गर्नुपर्थ्यो। तर, उ आफ्नो समुदायको प्रभावशाली मानिस बनेको थियो। मेरा सवालबाट उत्तेजित हुँदै छतमा मसँग अश्लील व्यवहार गर्न थालेको थियो।’ यिनै अनुभवले ताराको मानसिकतामा असर पर्‌यो। जसले गर्दा उनी डिप्रेसनको सिकार हुन पुगिन्।

उनी आफूलाई उक्त समस्याबाट मुक्ति पाउनको लागि थेरापी आवश्यक भएको महशुस गरेको बताउँछिन्। थुप्रै रात निन्द्रामा आफ्नै पार्टनरलाई पिटेर आफूलाई जिस्काउन बन्द गर भनेको स्मरण गर्छिन् तारा। अन्तिममा उनलाई पुरुषमा सहमतिको कुनै समझदारी नरहेको र उनीहरूलाई बलात्कार के हो? भन्ने नै थाहा नभएको निश्कर्षमा पुगेको उनी बताउँछिन्।

महिला हिंसालाई लिएर सामाजिक सन्जालमा ताराले कुरा गरेकी थिइन्। ‘यी महिलासँग कुरा गर्दा मलाई दुई पुरुषका बारेमा जानकारी भयो। तर, अन्य सात पुरुलाई खोज्न मलाई गाह्रो भयो। जसका लागि मैले स्थानीय पुलिस, स्थानीय मिडिया, गैर सरकारी संगठन र जासुसी निकायसँग समपर्क गर्नुपर्‌यो’, उनले भनिन्।

तारासँग कुरा गर्ने धेरैले बलात्कारका बारेमा स्वीकार गरेका थिए। ताराले सजाए भोगिरहेका बलात्कारीसँग कुरा नगर्ने फैसला पहिले नै गरेकी थिइन्।

जोकोही हुनसक्छ बलात्कारी

डा. मधुमिताले दिल्लीको तिहाड जेलमा एक सयभन्दा बढी बलात्कारीसँग साक्षात्कार गरेकी थिइन्। यी सबैका आ-आफ्नै कहानी छन्।

एक सामूहिक बलात्कारको सजाए भोगिरहेका आरोपित भने घटना लगत्तै भागेका थिए। मन्दिरका एक सरसफाइ कर्मचारीले पाँच वर्षकी बालिका बलात्कार गर्नका लागि उनलाई उक्साएका थिए। एक युवाले आपसी सहमतिमा सम्बन्ध बनाएको दावी गरेका थिए। तर, बालिकाका परिवारका सदस्यले उनीहरूलाई सँगै देखेपछि बलात्कारको आरोप लगाएका थिए।

डा. मधुमिताका परिवारलाई बलात्कार पीडितका बारेमा जब जानकारी भयो उनले पीडितका परिवारसँग भेट्ने निधो गरिन्।

‘छोरीको बलात्कार भएको थाहा पाएपछि बुवा विक्षिप्त भएर परिवार छोडेर गए। तर, आमा पुलिसकोमा पुगिन्। न्यायको धेरै आसा नहुँदा पनि उनले पुरै कागज जुटाएर मुद्दा दर्ता गरिन्’, उनले भनिन्। यो समाजमा पुरुषमा भएको अधिकारले घटेको घटना ठान्छिन् उनी।

उनले बलात्कारीले पीडित माथि नै दोष देखाइरहेका छन्। यसले समझदारीको अभाव भएको देखाएको छ। आफ्नो रिसर्चमा माधुमिताले ताराको जस्तै प्रचलित धारणाको खन्डन गर्दै बलात्कारी आम रूपमा आफ्नै छायामा लुकेको हुन्छ।

पुरुष बलात्कार किन गर्छन्?

‘यसको कुनै एक उत्तर छैन। किनकी बलात्कार एक कम्प्लेक्स क्राइम हो। प्रत्येक मानिस आफैमा फरक-फरक हुन्छन्। केही मानिस सामूहिक बलात्कारमा सहभागी हुन्छन्। कोही पीडितका चिनजानकै हुन्छन्। कोही चिनजान नै नभएका हुन्छन्’, डा. मधुमिताले भनिन्, ‘आवेगमा आएर बलात्कार गर्नेवाला, क्रुरतामा आएर बलात्कार गर्नेवाला हुन्छन्।’  उनी श्रीमान, सहकर्मी, नजिककै साथि जो कोही बलात्कारी हुनसक्ने बताउँछिन्।

आम मानिस झै उनले आफूले जेलभित्र के सवालजवाफ गरौला सोचेको बताउँछिन्। यो धारणा बलिउड फिल्मका जेल देखेर बनेको उनको भनाइ छ। उनले जेलमा डर लाग्दा देखिने पुरुष हुनसक्ने आकंलन गरेकी थिइन्। अनुहारमा काटिएका निसान भएका अभद्र मानिस हुनसक्ने र आफू दुर्व्यवहारको सिकार हुनसक्ने उनको आकंलन थियो। यो सोच्दा आफूलाई डर लागेको उनको भनाइ छ। समाजमा सधै महिलामाथिको भेदभावका विषयमा चर्चा हुँदैन।

कार्यालयदेखि सडकसम्म महिलामाथि हुने दुर्व्यवहारतिर संकेत गर्दै डा. माधुमिता स्थिति नियन्त्रणभन्दा बाहिर नजादाँसम्म कसैको ध्यान नपुग्ने गरेको बताउँछिन्।

‘म बलात्कारीसँग पूरै कुरा उसको शव्दावलीसँग ध्यान दिन्थें। अपराध गर्नका लागि बनाएको उसको बहाना, जुन सामाजिक संस्कारमा उ हुर्किदै गएको थियो त्यसमा ध्यान दिन्थे’, डा. मधुमिता भन्छिन्।

(बिबिसीबाट अनुवाद गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय