भक्तपुरमा १४ पुरुषको स्तन परीक्षण

भक्तपुरमा पाठेघर परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ। भक्तपुर नगरपालिका-९ र सोही वडाको महिला स्वास्थ्य परिचालन समितिको संयुक्त आयोजनामा शिविर भएको हो।

दत्तात्रय आधारभुत विद्यालयको प्राङ्गणमा भएको शिविरमा दुई सय सातजना महिलाहरूको पाठेघर तथा स्तन परीक्षण गरिएको थियो। साथै १४ जना पुरूषहरूको पनि स्तन परीक्षण भएको थियो।

शिविरको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए।

महिलाहरूमा रोग लुकाउने प्रवृति देखिएको छ। नगर प्रमुख प्रजापतिले समयमै स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे। भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वातावरणीय प्रदूषण, परिवर्तित जीवनशैली र खानेकुरामा मिसावटका कारण रोगहरू बढिरहेको बताए।

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अफिसर डा. रूपम पाण्डेले पाठेघरको मुखको क्यान्सरबारे जानकारी दिँदै समयमै रोग परीक्षण गरे उपचार सहज हुने बताए।

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, नर्स एवं नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा परीक्षण गर्ने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो। महिलाहरूको पाठेघर र पुरूषहरूको स्तन परीक्षणबारे अझै पनि जनचेतनाको अभाव भएको चर्चा गर्दै पुरूषहरूले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय