कोरोनाले १ सय ४३ जना आइसियुमा उपचारत

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ७० हजार ९ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ।

आइतबार देशभर २ हजार २९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु भएको छ। यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ। हाल १ सय २ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घन्टमा २ सय ८८ जना उपचारपछि निको भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १ सय ६८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४३ जना आइसियु र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय