चिसो बढेपछि जनकपुरका स्कुल बन्द

चिसो धेरै बढेपछि जनकपुरका शैक्षिक संस्थाहरू बन्द भएका छन्। पछिल्लो केही दिनयता तराईका जिल्लाहरूमा चिसो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेयले अत्याधिक चिसोका कारण आइतबारदेखि तीन दिनसम्म सामुदायिकका साथै सम्पूर्ण नीजि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय भएको जानकारी दिइन्।

प्रमुख पाण्डेयका अनुसार मंगलबारसम्म जनकपुरका शैक्षिक संस्थाहरू बन्द रहने छन्। लगातारको हुस्सु र चिसो हावाका कारण बालबालिकालाई विद्यालय पुग्न कठिनाइ हुनुका साथै स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरका कारण उपमहानगरपालिकाले यस्तो निर्णय गरेको उनले बताइन्।

जनकपुरसहित तराईका सम्पूर्ण जिल्लाहरूमा विगत केही दिनयता बाक्लो हुस्सुका साथै चिसो हावा चल्न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय