यस्ता छन् स्याउ खानुका फाइदा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ १८ गते ७:०४

हामीले केही न केही फलको सेवन गरिरहेका हुन्छौं। तर, स्वस्थ शरीका लागि दैनिक एक दाना स्याउको सेवन गर्नु निकै लाभदायक हुन्छ। यस्तो गर्दा शरीरलाई थुप्रै फाइदा हुन्छ। धेरै मानिसले यो कुरालाई मानिरहेका हुँदैनन्।

सधै बिहान एक दाना स्याउ खाँदा हामी बिरामी हुनबाट जोगिन सक्छौं। स्याउमा प्रयाप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ। स्याउ खाँदा हड्डि मजबुद हुन्छ।

स्याउमा निकै क्याल्सियम पाइन्छ। जसले हाम्रो हड्डि बलियो गर्नुका साथै गाठा हुने जस्ता बिरामी रोक्न मद्दत गर्छ। स्याउमा पाइने एन्टिअक्सीडेन्टले हड्डि बलियो बनाउने मात्रै नभएर हड्डि टुट्नबाट बचाउँछ।

स्याउको बाहिरी भागमा फेवोनोइड फ्लोरिजिन पाइन्छ। जसले हड्डिसँग जोडिएका समस्या रोक्न मद्दत गर्छ। स्याले हाम्रो मुटुलाई स्वस्थ राख्न पनि भूमिका खेल्छ। स्याउमा थुप्रै प्रकारका फायटोन्युट्रियन्ट्स पाइन्छन्। जसले मुटुको रक्षा प्रणालिलाई बलियो बनाउने काम गर्छ।

यसले मुटुमा अक्सडेसनबाट हुने क्षतिलाई रोक्छ। जसले गर्दा मुटुमा हुने रोगबाट जोगिन सकिन्छ। यति मात्र नभएर यसले हाम्रो शरीमा भएको कोलेस्ट्रोललाई घटाउन पनि सहयोग गर्छ। नियमित स्वाउको सेवन गर्दा सुगरको मात्रा पनि नियन्त्रित हुन्छ।

स्याउ खाँदा हाम्रा दात बलिया हुन पुग्छन्। स्याउ पानी र फाइबरको राम्रो स्रोत हो। जसले हाम्रो शरीरको आन्तरिक सफाइ गर्नमा भूमिका खेल्छ। यसमा मौलिक एसिड हुन्छ। जसकारण हाम्रो मुखका व्याक्टेरिया हट्न पुग्छन्।

स्याउको सेवन गर्दा हाम्रो दातको पहेलो पन पनि जान्छ। यसमा पाइने खनिज र भिटामिनले हाम्रो दाँतका बिरामीलाई टाढा राख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय