साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टरको रक्तदान कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको महामारीमा मुलुकभर रगतको अभाव देखिएको भन्दै साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर, टोखा नगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले रक्त सङ्कलन गरेको थियो। रक्तदानअघि सामान्य स्वास्थ परीक्षण पनि गरिएको थियो।

रगतको अभाव हटाउन र रचनात्मक सामाजिक सेवामा विद्यार्थीलाई प्रेरित गर्न कार्यक्रम गरिएको साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टरका अध्यक्ष तथा साउथवेस्टन स्टेट कजेलका सहायक प्रिन्सिपल हरिसिंह केसीले बताए।

कलेजमा अध्ययनरत बिएसडब्लु (स्नातक तह, सोसल वर्क) का विद्यार्थीको संयोजनमा गरिएको कार्यक्रममा १ सय ५७ जनाले रक्तदानका लागि नाम लेखाएका थिए। उक्त समूहका विद्यार्थीले वृद्धाश्रममा खाना खुवाउने, लत्ता कपडा तथा औषधी वितरणलगायतका सेवामूलक कार्यक्रम गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय