कोरोना खोपबारे प्रधानमन्त्री ओलीको फेरिएको बोली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कोरोना खोपबारे दिएको अभिव्यक्ति फेरेका छन्। नेपालमा माघ १४ गतेदेखि कोरोना खोप अभियान सुरु भएको थियो। त्यसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निशुल्क खोप लगाइसक्नेछौं भनेर घोषणा गरेका थिए।

तर, शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबै नेपालीलाई खोप लगाइसक्ने बताए।

‘हामी अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरूलाई खोप दिइसक्ने छौं। बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप पाउनेछन्। र, हामीले कोरोनालाई भगाउने विश्वास लिएका छौं’, प्रधानमन्त्री ओलीले भने।

उनले आजसम्म ७७ जिल्लाका ४८ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लगाइसकेको सूचना आफूले प्राप्त गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय