काठमाडौंमा बर्डफ्लु भेटियो

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ १७ गते १७:१६

काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङमा बर्डफ्लु देखिएको छ ।

नगरपालिका–७, फुटुङको हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ।
फुटुङमा संकलन गरिएको नमूनालाई  केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षण पछि बर्ड फ्लु देखिएको हो।

शुक्रबार बर्ड फ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको विभागले जनाएको छ।

विभागले एक हजार आठ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्टा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ।

गत केही दिन अगाडि छिमेकी देश भारतमा बल्र्ड फ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुहरुको आयातमा रोक लगाइएको थियो । काठमाडौँमै बर्ड फ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय