नेपालमा १०९ संक्रमित थपिए

नेपालमा थप १ सय ९ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ५० जना संक्रमण मुक्त भएका छन्।

हालसम्म नेपालमा कूल २ लाख ७० हजार ८ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै कूल २ लाख ६६ हजार ४८ जनाले संक्रमण जितेका छन्।

हाल थप दुईजनाको ज्यान गएको छ। योसँगै कूल २ हजार २७ जनाले ज्यान गुमाएका छन्।

हाल देशमा २ हजार ७ सय ७९ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय