विर्य स्खलन हुनबाट रोक्नु स्वास्थ्यका लागि निकै हानिकारक

हेल्थपोस्ट नेपाल

हाम्रो शरीरमा विर्य सधै बनिरहेको हुन्छ। यो हाम्रो शरीरबाट निस्किनु पनि आवश्यक हुन्छ। हामीले विर्यलाई बाहिर निस्किन दिएनौ भने यो हाम्रो शरीरका लागि निकै हानिकारक हुनसक्छ।

यसलाई वर्य बेग पनि भनिन्छ। धेरै मानिसले शारीरिक सम्पर्क वा हस्तमैथुनका माध्यमबाट विर्यलाई बाहिर निकालिरहेका हुन्छन्।

जसले यस्ता क्रियाक्लाप गर्दैनन्। उनीहरूको विर्य सोप्नदोषका माध्यमबाट निक्लिरहेको हुन्छ। विर्य हाम्रो शरीरमा बन्ने एक प्रकारको रस हो। जुन २४सैं घन्टा बनिरहेको हुन्छ। हाम्रो शरीरमा पिसाव बनेझैं विर्य पनि बनिरहेको हुन्छ। जसलाई बन्नबाट रोक्न सकिदैन। र, यसलाई कसैले बन्नबाट रोक्ने प्रयास पनि गर्नुहुँदैन।

यदी कोहि मानिसले विर्य बाहिर निस्कनबाट रोक्न खोज्यो भने उसको मुत्राशयमा पीडा हुनपुग्छ। विर्य रोक्न खोज्दा मुत्राशयमा निकै जोर पर्छ। र, पीडा महशुस हुन्छ। पिसाव र विर्यको निस्किने नली एउटै हुन्छ। विर्यलाई निस्किनबाट रोक्दा मुत्रबाहिनी नलिमा पनि यसको असर पर्छ।

पुरुषको प्रजनन् क्षमता उसको राम्रो शुक्रकिटमा निर्भर हुन्छ। शुक्रकिट हाम्रो विर्यमा पाइन्छ। विर्यसँगै शुक्रकिट हाम्रो शरीर बाहिर आउँछन्। तर, हामीले शुक्रकिटलाई बाहिर आउनबाट रोक्यौ भने हाम्रो शरीरमा त्यसको नकरात्मक असर पर्छ। जसले गर्दा हाम्रो प्रजनन् क्षमतामा नै असर पर्नसक्छ।

यत्तिमात्र नभएर मिर्गौला नै सुन्निन सक्छ। जहाँ हाम्रो विर्य बन्छ त्यसको ठिक माथि मिर्गौला हुन्छ। हाम्रो शरीरमा एक अंग अर्कोसँग निर्भर हुनेगर्छ। जब कुनै मानिसले विर्य रोक्छ। त्यसको असर मिर्गौलामा पर्नसक्छ। जसले गर्दा मिर्गौला सुन्निन सक्छ। योपछि स्वास्थ्यका लागि ठूलो समस्या बन्न सक्छ।

सेक्स गर्दा जोकोही उत्तेजित हन्छ। यसले मानिसको लिंगमा तनाव पैदा हुन्छ। जब विर्य निस्किन्छ यो तनाव रहदैन। तर, सेक्सका दौरान विर्यलाई रोक्यो भने यसले लिंगमा पीडा पैदा गर्नसक्छ। धेरै मानिस लामो समयसम्म सेक्स गर्न सकियोस भनेर विर्य निस्किनबाट रोक्नेगर्छन्। यो स्वास्थ्यका लागि हानिकारक हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *